निर्वाचनपछि गठन हुने सरकारले भइरहेका मन्त्रालय फुटाएर मन्त्रिमण्डल गठन गरेका कैयौं उदाहरणहरू छन् । कुनै दलको स्पष्ट बहुमत नआएको अवस्थामा संयुक्त सरकार गठनका क्रममा भागबन्डा मिलाउन मन्त्रालयहरू फुटाउने अभ्यास हुन्थ्यो ।
यसपटक अवस्था फेरियो । झन्डै दुई तिहाइको संसदीय मत सहित नवनियुक्त प्रधानमन्त्री बालेन शाहले भइरहेका मन्त्रालयहरूको संख्या घटाउने गरी मन्त्रिपरिषद् बनाएका हुन् ।
एउटै प्रकृति र कार्यशैलीको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालय एकै ठाँउमा राखिएको छ । अब मन्त्री सुनिल लम्सालले भौतिक पूर्वाधार मन्त्रालय सम्हाल्नेछन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयलाई गाभेर एउटै मन्त्रालय बनाउने योजना भएको छ, जसलाई नवनियुक्त मन्त्री सस्मित पोखरेलले सम्हाल्नेछन् । कुनै समय शिक्षा र विज्ञान मन्त्रालय समेत अलग अलग भएको अवस्थामा अहिले गाभेर एउटै बनाइएको हो ।
Leave a Reply