दुई तिहाइको दम्भ नदेखाउनू- अध्यक्ष यादव

काठमाडौं । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दुई तिहाइको दम्भ नदेखाउन चेतावनी दिएका छन्।

मधेश केन्द्रित ७ दलीय संघीय लोकतान्त्रिक मोर्चा घोषणा सभालाई सम्बोधन गर्दै जनता लागेपछि दुई तिहाइ सरकारको केही नलाग्ने बताए।

उनले भने, ‘प्रतिनिधि सभामा दुई तिहाइको सङ्ख्याले बलियो सरकार छ। तर सङ्ख्याले बलियो हुँदो रहेनछ। बङ्गलादेशमा दुई तिहाइको सरकार कता गयो गयो ? जनताहरू उठेपछि, त्यसै गरी श्रीलंकामा बहुमतको सरकारले भाग्दा कट्टु सम्हाल्न समेत पाएन। सरकार त्यो बलियो हो जसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कार्यान्वयन र रक्षा गर्नसक्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *